विधायन समितिको बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित

काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । समितिका सदस्यहरुको बहुमतले कुनै शंसोधनबिना विधेयक पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरुमध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मर्त दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए ।

विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।

 

Comments

2 responses to “विधायन समितिको बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित”

  1. ksp pyl Avatar
    ksp pyl

    गठबन्धनका भारतीय दलालहरूले गर्ने नै यहि हो। गठबन्धन बनाएकै उसले हो यस्तै काम गराउन।

  2. जानकि प्रसाद परजुली Avatar
    जानकि प्रसाद परजुली

    देशमा विदेशीले बनाइदिएको र उसैका लागि काम गर्ने सरकारले शासन गरिरहेको छ त उनैको काम हुन्छ। न त यो संविधान नेपालीले बनाए न त यो सरकार नै नेपालीले बनाए। अनि सरकारले किन नेपाल र नेपालीको काम गर्नु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *