कक्षा १२ को रिजल्ट निकाल्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ ।

त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले नेपाल प्रेसलाई बताए ।

‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौं । सम्भवत: आज नभए जतिसक्कदो चाँडो रिजल्ट निकाल्छौं’, अर्यालले भने ।

गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *