काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उता, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।
राति प्रदेश १, मधेस, वागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।

Leave a Reply