काठमाडौं । आज सेयर बजार झिनो अंकले वृद्धि भएको छ । ३.७६ अंकले सेयर बजार बढेको हो । ०.१९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९३.०२ अंकमा आएको छ ।
१ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने २ सय २२ वटा कम्पनीका ३४ लाख ४० हजार ९ सय कित्ता सेयर खरिखविक्री भएको हो ।
सबैभन्दा धेरै सेयर मूल्य वीन नेपाल लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको आज ७.४८ प्रतिशतले सेयर मूलइ वृद्धि भएको हो । भने, नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड २५ लाख ७६ हजारभन्दा धेरैको सेयर कारोबार भएको हो ।

Leave a Reply