कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनीत गरेको छ ।

संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सभापति एवं संघीय संसद संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यसअघि राष्ट्रियसभामा संसदीय दलको नेता रहेका राधेश्याम अधिकारी ४ वर्षे कार्यकालपछि बिदा भएका कारण यो पद रिक्त थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *