काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई नै एनसेलको नेटवर्क र एप अवरुद्धबारे केही जानकारी नभएको पाइएको छ ।
एनटीएका उपनिर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने एनसेलको नेटवर्क र एप अवरुद्धको बारेमा केही जानकारी नभएको नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘हामीलाई पनि एनसेलको नेटवर्क र एप अवरुद्धको बारेमा केही जानकारी छैन । के भएको हो भनेर बुझ्ने प्रयास गरिरहेका छौं । हामीलाई एनसेलले कुनै जानकारी दिएको छैन ।’
आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल लागेको छैन । एनसेलको एप पनि अवरुद्ध छ ।
एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । एनसेलले सेवाग्राहीहरुलाई सेवा अवरुद्धको विषयमा कुनै पनि जानकारी दिएको छैन ।
एनसेलको सिमबाट फोन गर्दा नलाग्ने, इन्टरनेट नचल्ने, एसएमएस नजाने र एप नचल्ने समस्या आएपछि लाखौं सेवाग्राही सम्पर्कविहीन भएका छन् ।

Leave a Reply