काठमाडौं । तालाबन्दी र आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बनेको विषयमा संसद बैठकमा कुरा उठेपछि सभामुख अग्नि सापकोटाले समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।
आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा बेथिति र गुण्डागर्दी बढेको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सदनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन गरेका छन् ।
‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दील गायतका विरोध कार्यक्रमहरूले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु’, सापकोटाको रुलिङ थियो ।
नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै एक वर्षदेखि त्रिविमा तालाबन्दी गरेपछि त्रिवि अस्तव्यस्त छ ।

Leave a Reply