बिहानदेखि विनाजानकारी एनसेलको नेटवर्क बन्द

काठमाडौं । निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलको सेवामा अवरोध भएको छ ।

आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल नलागेपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । यसअघि सामान्य समस्या आउँदा पनि जानकारी गराउने एनसेलले आज बिना जानकारी सेवा अवरुद्ध गरेको छ ।

एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने तथा एसएमएस नजाने जस्ता समस्या देखिएको ग्राहकको गुनासो गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *