घरायसी झगडामा १४ वर्षीय किशाेरले दाउराले हानेर गरे बाबुको हत्या

रुपन्देही । पाल्पाको माथागढी गाउँपालिका वडा नं ४ मा १४ वर्षीय किशोरले चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या गरेका छन् ।

माथागढी ४ झडेवा नेटामा सामान्य घरयासी झगडामा चिर्पट दाउराले प्रहार गर्दा ४५ वर्षीय तिलबहादुर दिसमगरको घटनास्थलमै मृत्यु भएको छ ।

पाल्पा प्रहरीका अनुसार घरायसी झगडाका क्रममा छोराले एक्कासी घर नजिकै रहेको चिर्पट दाउराल बाबु दिसको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएलगत्तै माथा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तानसेन पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *