रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने क्रममा आज रत्नपार्क क्षेत्रमा एक्सन लिएको छ ।

नगर प्रहरीले अहिले भोटाहिटी-रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् । सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।

भत्काउनुअघि व्यापारीलाई समान हटाउन निर्देशन दिइएको थियो ।

तस्बिरहरू : उमेश कार्की । 

 

Comments

One response to “रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो (तस्बिरहरू/भिडिओ)”

  1. ishwori prasad gaire Avatar
    ishwori prasad gaire

    बालेनलाई भाबिपुस्ताले सम्झिरहनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *