दुई देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि दुई देशका राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

साउदी अरबका आवासीय राजदूत साद नसेर अब्दुल्लाह अबु हैमद र स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियनले आज राष्ट्रपति कार्यालयमा छुट्टाछुट्टै कार्यक्रमका बीच ओहादाको प्रमाणपत्र बुझाएका शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *