भक्तपुरको मदिरा फ्याक्ट्रीमा भेटियो नक्कली डबल ब्ल्याक, पाँचजना पक्राउ (भिडिओ)

काठमाडौं । ब्रान्डेड विेदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ ।

भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । बरामद ती सामान सबै सिलप्याक अवस्थामा थिए ।

यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठुलो परिमाणमा बरामद भएको जनाइएको छ ।

ती मदिराहरू नाइट क्लबदेखि दोहोरी साँझसमम्म पुग्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले त्यसअघि कोटेश्वरबाट हरि वलीलाई पक्राउ कोठामा खानतलासी लिएको थियो । कोठामा डबल ब्ल्याक, ब्ल्याक लेभल, रेड लेभल र ज्याक ड्यानियल्सका चार कार्टुन सिल प्याक मदिरा बरामद गरेको भएको प्रहरीको भाइ छ । त्यो गैरकानुनी मदिरासँग थप तीनजना जोडिएपछि प्रहरीले उनीहरूलाई पनि नियन्त्रणमा लिएको थियो । त्यसपछि मदिरा उत्पादन हुने ठाउँमा प्रहरी पुगेको हो ।

पक्राउ पर्नेमा दोलखाका वली र बस्नेतबाहेक दोलखाकै विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन्।

Comments

One response to “भक्तपुरको मदिरा फ्याक्ट्रीमा भेटियो नक्कली डबल ब्ल्याक, पाँचजना पक्राउ (भिडिओ)”

  1. नर गुरुङ्ग Avatar
    नर गुरुङ्ग

    यस्त धन्दा गर्ने हरुलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ जनता को स्वास्थ्य माथी खेलबाड गर्ने लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *