शिक्षक सेवा आयोगले मंसिरसम्ममा नतिजा सार्वजनिक गर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले चालू आर्थिक वर्ष २०७९/८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिकाअनुसार गत असारमा लिएको विभिन्न तहको तृतीय श्रेणीको शिक्षक पदको परीक्षाको नतिजा असोजदेखि मंसिरसम्म सार्वजनिक गर्ने उल्लेख छ ।

असोज मसान्तसम्म प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको नतिजा सार्वजनिक गर्ने र असोज मसान्तसम्म सिफारिस गर्ने आयोगको कार्यतालिमा छ । त्यस्तैगरी खुलातर्फ माध्यमिक, तृतीय असोज र कात्तिकमा नतिजा निकाल्ने र मंसिरमा अन्तर्वार्ता गरी पुसमा सिफारिस गर्ने जनाएको छ ।

कार्यतालिका अनुसार निम्न माध्यमिक, तृतीयको नतिजा कात्तिक र मंसिरमा अन्तवार्ता पुसमा र सिफारिस माघभित्र हुनेछ । प्राथमिक, तृतीयको कात्तिक रमंसिरमा र अन्तर्वार्ता माघ र फागुनमा र सिफारिस फागुन र चैतमा हुनेछ ।

आयोगले असार ९ गते मावि तह, असार ११ गते निमावि तह र १३ गते प्रावि तहको विषयगत परीक्षा सञ्चालन गरेको थियो । आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र असोजमा नतिजा सार्वजनिक गर्ने जनाएको छ । आयोगले खुला तथा आन्तरिक तर्फको विज्ञापन मंसिरदेखि फागुनसम्म गर्ने जनाएको छ । कार्यतालिकामा प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको कात्तिकमा प्रतिशत निर्धारण गरी आन्तरिक प्रतियोगितात्मक र कार्य सम्पादन मूल्याङ्कनको मंसिर र पुसमा विज्ञापन खोल्ने तयारी गरेको छ ।

नियमावली अनुसार असोज मसान्तभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण दिए पश्चात आयोगले कात्तिकमा प्रतिशत निर्धारण खुलातर्फको माध्यमिक तृतीयको विज्ञापन पुसमा, परीक्षा फागुनमा, निम्न माध्यामिक तृतीयको विज्ञापन माघमा परीक्षा चैतमा, प्राथमिक तह तृतीय विज्ञापन फागुनमा र परीक्षा वैशाखमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *