सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन

काठमाडौं । निहारिका राजपुतले सरकारसँग तीन बुँदे सहमति भएपछि अनसन तोडेकी छन् । आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद कोइरालाले उनलाई अनसन तोडाएका हुन् ।

काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र निहारीकाबीच तीन बुँदे सहमति भएपछि उनले १७ दिनदेखिको तोडेकी हुन् ।

सरकारले निहारिकाको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष उनको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति गरेको छ ।

त्यस्तै, डिएनए परिक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको उल्लेख छ ।

यस्तो छ सहमति पत्रः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *