सांसद गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो ।

संसद सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरीको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु राम्रो नहुने भएकाले बैठक स्थगित गर्न सुझाव दिएको बताइएको छ ।

गिरीको अन्तिम संस्कारअघि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राख्ने र साँझसम्म संस्कार हुने भएकाले बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेत्तपा पारिएको व्यीक्तको छानविन आयोग सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *