प्रदीप गिरीको परिवारले भन्यो : अस्पतालको टिमले बचाउन अनवरत प्रयास गरिरहेको छ

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप क्रिटिकल बनेको उनको परिवारले जानकारी दिएको छ ।

गिरीकी श्रीमती भारती सिलवालले जारी गरेको सूचनामा गिरीलाई क्यान्सरका कारण अहिले सघन न्युमोनिया भएको जसका कारण विभिन्न अंगहरुले काम गर्न छोडेको उल्लेख छ ।

अस्पतालका क्यान्सर विषेशज्ञसहित अन्य सम्बन्धित विज्ञहरुले उनलाई निको बनाउन अनवरत प्रयास भइरहेको सिलवालले जनाएकी छन् ।

त्यस्तै, अस्पतालले गरेको सेवाका लागि धन्यवाद दिँदै गिरीको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई उनले आग्रह गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *