कांग्रेस नेता भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्।

लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि कांग्रेस नेताहरु अस्पताल पुगेका थिए । आज विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल पनि अस्पताल पुगेका थिए ।

गिरिको मेडिसिटी अस्पतालमा चलिरहेको छ । उनलाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *