वाग्मतीमा र्‍याफ्टिङ (तस्बिरहरु/भिडिओ)

काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गरिएको छ । शनिबार बिहान थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको हो।

२२ औं वाग्मती नदी महोत्सवको अवसरमा नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले  बाजागाजासहित आयोजना गरेको जलयात्रा कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र वाग्मति सरसफाई अभियान्ताहरु सहभागी थिए ।

उपत्यकाका नदी सफा राख्नुपर्ने सन्देश दिन जलयात्रा आयोजना गरिएको नाराले जनाएको छ ।

जलयात्रामा १५ भन्दा बढी र्‍याफ्टिङ बोटहरु थिए । शहरीमन्त्री चौधरीले पनि वाग्मति सफाई अभियानमा सहभागीता जनाएका थिए ।  हरेक हप्ता अभियान्ताहरुले वाग्मतिमा सरसफाइ गर्दै आइरहेको छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *