९ तस्बिरमा हेर्नुस् वाईसीएलको राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला सुरू भएको छ । काठमाडौंको राष्ट्रियसभागृहमा सुरू दुई दिने भेलाको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।

भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशबाट गरेर ६०० प्रतिनिधि सहभागी रहेको संयोजक सुमन देवकोटाले जानकारी दिए । उनका अनुसार भेलामा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाबाट ३/३ जना गरी २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५ प्रतिशत केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रूपमा पदाधिकारी चयन हुन नसकेकाले भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्नेछ ।

भदौको भेलाले छिट्टै अर्को भेला गर्ने गरी सुमन देवकोटा संयोजक र सुवोद सिर्पाइली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाएको थियो ।

Comments

One response to “९ तस्बिरमा हेर्नुस् वाईसीएलको राष्ट्रिय भेला”

  1. ksp pyl Avatar
    ksp pyl

    रचनात्मक कुनै काम हुँदैन। एउटा जागिर पाए। अव संगठनबाट वैध अवैध रकम असुल्ने र काठमाडौंमा शानसँग बस्ने । यस्ता संगठन बनाउन बन्देज लगाउनु पर्छ। फेरि यो वाइसिएल भन्ने त पहिले नै बदनाम भएर महेश बस्नेतले तह लगाएको हो। अव यसका कति कर्तुतका कारण देश र जनताले दुख पाउने भए। तस्विरमा मान्छेहरू हेरौं र एउटा अनुमान गरौ। मलाई त यिनको अनुहारमा देश र जनताको लागि केहि गरौं भन्ने भावना एक रत्ति पनि भएको लाग्दैन। बरू यि के कुराले खुशी देखिन्छन भने अव चाहि मोज गर्न पाईने भयो भनेर। तर हामीले निराश भएर होईन कि यस्ताको कर्तुतको डटेर सामना गरेर यिनलाई परास्त गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *