प्रतिनिधिसभा कार्यव्यवस्था समिति बैठक- फिर्ता नागरिकता विधेयकबारे छलफल

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथि छलफल भइरहेको बताइएको छ ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित प्राप्त उक्त विधेयक पुन: पेस गर्ने सम्भावित कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको हो ।

आजको बैठकमा नागरिकता विधेयक पुन: पेस गर्ने सरकारको तयारी छ । सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक फेरि जस्ताको त्यस्तै नै पारित गर्ने निर्णय गरिसकेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *