काठमाडौं । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन सत्तारुढ दलहरुको गठवन्धनले बनाएको कार्यदलको आजको बैठक सकिएको छ । आजको बैठकपछि कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बैठक सकारात्मक दिशामा अघि बढिरहेको उल्लेन गरे । तर, सिट बाँडफाँडका विषयमा के के प्रगति भयो भन्ने सुनाउन चाहेनन् ।
‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएको छ,’ उनले भने ।
सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल भइरहेको कार्कीले बताए । सबैलाई न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने सहमति भएको उनको भनाइ थियो ।
हालै नेकपा माओवादीको चुनावचिन्हबाट चुनाव लड्ने सहमति गरेका डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई कसरी स्थान दिइन्छ भन्ने प्रश्नमा कार्की खुल्न चाहेनन् । उनीहरुको विषयमा छलफल जारी रहेको उनले बताए ।

Leave a Reply