शान्तिनगरमा फोहोरको थुप्रोमा आगलागी, दमकलले निभायो

काठमाडौं । काठमाडौं शान्तिनगरमा फयाँकिएको फोहोरको थुप्रोमा आगलागी भएको छ ।

शान्तिनगर गेटनजिकै लायन्स आँखा अस्पताल छेउवा थुपारिएको फोहोरमा आगलागी भएपछि दमकल बोलाएर नियन्त्रण गरिएको छ । दुर्गन्ध बढ्दै गएपछि कसैले आगो लगाएको स्थानीयको अनुमान छ । चाँडै नियन्त्रणमा लिइएकाले आगो विस्तार हुन नपाएको र थप क्षति नभएको प्रहरीको भनाइ छ ।

बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रूपमा उठ्न सकिरहेको छैन ।

सडक र पाखामा फोहोर थुप्रिँदा जनजीवन असहज बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *