‘जक’ जाहेरीको अनुसन्धानमा सघाउन भन्दै मन्थलीका व्यवसायी कठायत जिप्रकामा हाजिर

रामेछाप । भतिजी बुहारी नाता पर्ने विनु यादवले जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएपछि मन्थलीका व्यवसायी पवन कठायत आफैं जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन् ।

पारिवारिक प्रतिष्ठा सिध्याउने उद्देश्यले नियतबस आफूमाथि जबरजस्ती करणी उद्योगको आरोप लगाएको भन्दै उनले विनुको आरोप अस्वीकार गरेका छन् । तर, अनुसन्धानमा सघाउन भन्दै बुधबार उनी आफैं जिल्ला प्रहरी कार्यालय मन्थलीमा हाजिर भएको प्रहरीले जनाएको छ ।

रामेछाप नगरपालिका- १ गोठाउँका कठायतविरुद्ध परेको जाहेरीबमोजिम सो अभियोगजन्य कसूर गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनका भतिज प्रदीप कठायतले बिहे गरेर पनि आफूमाथि हिंसा गरेको र गुमराहमा राखेर सम्बन्ध विच्छेद गराएको आरोप विनुले लगाएकी छन् । उनले जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेदको मुद्दा सदर गरेपछि अदालतमै विष सेवनसमेत गरेकी थिइन् ।

आफू र आफ्नो परिवारप्रति मिडिया प्रयोग गरेर अत्याचार गरिएको भन्दै कठायतले कुनै गल्ति नगरेकाले प्रहरीको अनुसन्धानलाई सघाउन आफैं हाजिर भएको प्रतिक्रिया दिए ।

उनले आफ्नो परिवारले पाएको पीडा र प्रतिष्ठामा गरिएको चरित्रहत्याको बारेमा कसैले सुनुवाई नगरे पनि अदालतबाट न्याय पाउने भन्दै बलात्कार जस्तो गम्भीर अपराधलाई दुरुपयोग गरेर निर्दोष व्यक्तिको चरित्रहत्या गर्ने र फसाउने गिरोह सक्रिय बनेको आरोप लगाए ।

Comments

2 responses to “‘जक’ जाहेरीको अनुसन्धानमा सघाउन भन्दै मन्थलीका व्यवसायी कठायत जिप्रकामा हाजिर”

  1. Ram kumar thapa Avatar
    Ram kumar thapa

    आज भोलि बयस्क महिला हरु ले आफ्नो अधिकार् दुरुपयोग गरेर् पुरुष लाई दुख दिने काम् ब्याबसायीक् रुप् मा बढेको देखिन्छ । यस् सम्बन्धमा कानुन नै सन्सोधन गर्न जरुरि छ । तपाई हामी सचेत् नागरिक् ले सम्बन्धित् निकाय मा आवाज उठाउन जरुरी ठान्दछु।

  2. दीपक श्रेष्ठ Avatar
    दीपक श्रेष्ठ

    आफै हाजिर भएको कुरा गलत हो । आज बिहान मन्थलीबाट प्रहरी ले पक्राउ गरेर ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *