रुपन्देही । जनता समाज पार्टीबाट विभाजित डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटीको भेलाले उमाशंकर यादवको अध्यक्षतामा १५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
कमिटीमा उपाध्यक्षमात्रै आठ जना राखिएका छन् । जसअनुसार रहिश साह, नारायण नागिला, मञ्जु चौधरी, धनेश्वरी चौधरी, हरि घर्ती, राजकुमार चौधरी र एचआर शर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । एकजना उपाध्यक्ष पछि राखिने नेसपा लुम्बिनीले जनाएको छ ।
कमिटीको मुख्यसचिवमा हिक्मत बिक, तीन सचिवमा राजेन्द्र जिसी तथा २ रिक्त राखिएको छ । कोषाध्यक्षमा यमुना थापा चुनिएकी छन् ।
बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी, प्रदेश इन्चार्ज कमल खनाल, केन्द्रीय कार्यकारी सदस्यहरु वकिल मुसलमान, चिनक कुर्मी, सुरेन्द्र पट्टेललगायतले आफ्नो धारणा राखेको केन्द्रीय कार्यकारिणी सदस्य यज्ञ पोखरेलले जानकारी दिए ।

Leave a Reply