काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचमा केन्द्रित हुन पार्टी पंक्तिमा आग्रह गरेका छन् ।
थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राखेका छन् । उनले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षणसम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, प्रदेश अध्यक्षहरूले प्रदेशगत प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
बैठकमा निर्बाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा छलफल हुनेछ ।

Leave a Reply