बञ्चरेडाँडामा फोहोर फाल्न नदिन गठबन्धनकै दल लागे !

काठमाडौं । धादिङमा सत्ता गठबन्धनमा आवद्ध प्रमुख तीन वटा राजनीतिक दल नै फोहोर फाल्न नदिने स्थानीयबासीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाएको बताएका छन् ।

धादिङको धुनीबेसी नगर कार्यसमितिलाई नेपली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका स्थानीय समितिहरुले संयुक्त पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि काठमाडाैं महानगर र सरकार उदासीन रहेकाे भन्दै दीर्घकालीन समाधानका लागि अघि बढ्न नगरसमितिलाई आह्वान गरेका छन् । काठमाडौंको फोहोर व्यवस्थापनका लागि अग्रसरता लिन पत्रमार्फत उनीहरुले आग्रह गरेका हुन् ।

नगरको ठूलो दल नकेपा एमालेलाई यस कार्यमा नेतृत्व लिन पनि आग्रह गरेका छन् ।

उनीहरुले सरकारका विभिन्न निकायसँग १७४ वटा सहमति गरेपनि कुनै लागू नभएको उल्टै स्थानीयमाथि प्रहरी प्रशासन लगाएर ज्यादती गरेको आरोप लगाउँदै नगरपालिकालाई पत्र लेखेका हुन् ।

सिस्डोलका बासिन्दाहरु आन्दोलनमै रहेको र आफूहरुले पनि ऐक्यवद्धता जनाएको भन्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि अग्रसरता लिन आग्रह गरेका हुन् ।

‘फोहोर मैलाको उचित व्यवस्थापनमा महानगर लगाएत नेपाल सरकारले हलुका रुपमा लिएको र स्थानिय बासिन्दाहरुले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौँ महानगरलगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ ओटा सहमती भएको तर कार्यान्वयन नगरिएको बरु स्थानीलाई दुःख दिइएको छ’, पत्रमा उल्लेख छ ।

‘अब महानगर वा राज्य संग संम्पूर्ण रुपमा आफ्नो विश्वास गुमेकोले फोहोर मैला दिर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व राजनैतिक दलले गरिदिनु पर्ने माग जोडतोडका साथ उठेकोले सत्ता गठबन्दनको तर्फबाट यो समस्याको समाधान गर्न हामी तयार भएको जानकारीसहित तिन ओटै पार्टीको नगरकार्यसमितिले तत्कालै हाम्रो नगर भित्रै रहेको प्रमुख पाटी नेकपा एमालेसहित सबै दलको सर्वदलिय बैठक बोलाई फोहोर मैलाको समस्या समाधानको लागी अग्रसरता लिनुहुन माग गर्दछौं’, पत्रमा भनिएको छ ।

काठमाडौंको फोहोरको उचित व्यवस्थापनको समाधान नहुँदा उपत्यकाबासीदेखि डम्पिङ साइटका बासिन्दाहरु पीडित बन्न पुगेका छन् ।

यस्तो छ पत्र:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *