काठमाडौं । आज सेयर बजार १०.२७ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।
आजको दिनमा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । २ सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्ट कम्पनीको भएको छ । सो कम्पनीको १३ करोड ८९ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । भने, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

Leave a Reply