सत्ता गठबन्धनको बैठक बस्दै, चुनावसम्मै एकता कायम हुने घोषणा गर्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाडफाँड गर्न कार्यदल गठन गर्ने एक नेताले बताए  ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बिहीबार एक कार्यक्रममा आउने प्रदेशसभा र प्रतिनिधसभाको चुनावमा अहिलेको गठबन्धन नै कायम रहने भन्ने घोषणा गर्ने तयारी रहेको बताएका थिए ।

बैठकपछि चुनावमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ । हिजाे बसेकाे मन्त्रिपरिषद्काे बैठकले  प्रदेशसभा  र   प्रतिनिधिसभा चुनाव आगामी  मंसिर ४ गते  गर्ने घाेषणा गरेकाे थियाे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *