‘पापाकी परी’ले तताउला तिज ? चर्चामा करिश्मा ढकालको ‘पेटिकोट डान्स’

काठमाडौं । हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ ।

सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो ।

यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।

विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ । गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।

गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः

के हुन्छ होला है बिहेको राति
अँध्यारो कोठामा अञ्जान साथी
के गरौं के गरौं लौ संगी तँ भन्
तँलाई पो भनेँ त अरुलाई नभन्
सम्झेरै गइसक्यो सातो बरिलै

यस गीतका गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन् । लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ । यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।

तर, उनैको गीतले उछृङ्खलतालाई बढावा दिएको आरोप कतिपयले लगाएका छन् । यही आरोपबाट आत्तिएका हमाल आफू आत्मालोचित बनेको भन्दै युट्यूवबाट गीत हटाउने कुरा गर्न थालेका छन् । यद्यपि, यो गीत त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु सकारात्मक छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=OboRa3l4gSk&t=8s

Comments

8 responses to “‘पापाकी परी’ले तताउला तिज ? चर्चामा करिश्मा ढकालको ‘पेटिकोट डान्स’”

  1. श्रीनाथ Avatar
    श्रीनाथ

    बेतुकको गीत , यस्तो पनि तीजगीत हुन्छ ????????????????

  2. Hari Avatar
    Hari

    Tijko geet jasto pani lagena.

  3. AM Shrestha Avatar
    AM Shrestha

    ‘ पापा की परी ‘
    भारतीय गन्ध आयो, पत्रकार ज्यू

  4. Gp acharya Avatar

    Kina yasta mahilaa haru underwear ra braa maa naachdainan? Besaramee haru.

  5. S bhandari Avatar
    S bhandari

    नेपाली संस्कृतिको सत्यानाश गर्ने भारतीय गीतको झल्को दिने उत्ताउलो गीत र बेढङ्गे नृत्य।

  6. Nepali Avatar

    कठै बरिलै के हो यस्तो गित ।
    गाउनि लाइ भन्दा सुननीलाई लाज

  7. Khaga prasad subedi Avatar
    Khaga prasad subedi

    नेपाल का नारी ले बिश्व भरी मै इज्यत् फाले खाई नेपाल को संस्कृती यस्तै यस्तै गर्दा नै अनेक रोग को सिकार बन्नु पर्छ मान्छे ले यो संस्कृती होइन बिकृति हो विनास को सङ्खेत हो यो अलिकति धर्म को पनि ख्याल गर्नु पर्छ पैसा को लागी नाङ्गिन पनि पछि न पर्ने देखिन्छ मर्दा कमाएको सबै पोको पारेर लाने रछन की क्याहो प्रश्न मेरो

  8. मनोज Avatar
    मनोज

    तीजको गीतको नाममा सिधै आक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *