त्रिसरामा राणेसँग फोटो खिच्न हानथाप, युवतीहरूको रुवाबासी !

काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिखेर नेपालमा छन् । आफ्नो एक साथीको रिसेप्सनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

बलिउडमा खासै चर्चा नपाएका यी नायकको नेपालमा भने राम्रै क्रेज देखियो । उनी कीर्तिपुरमा पुग्दा मानिसहरूको भिड जम्मा भएको थियो । राणेसँग फोटो खिच्नेको लर्को नै लाग्यो ।

नेपालका फ्यानहरूको यस्तो क्रेज देखेर उनी हौसिएका थिए । उनले ‘मिट एन्ड ग्रिट’ भन्दै सोमबार आफू लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा जान लागेको जानकारी फ्यानलाई गराए । खबर पाउने वित्तिकै उनलाई भेट्न युवतीहरू टाढा–टाढाबाट बाटैदेखि टिकटक भिडियो बनाउँदै पुगेका थिए ।

राणे त्रिसरा पुग्नुअघि नै उनका फ्यानहरू त्यहाँ पुगिसकेका थिए । उनी गाडीबाट झरेदेखि फोटो र सेल्फी खिच्नेको घुइँचो थियो । केही युवतीहरू उनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रोए । केही ‘आई लभ यू’ भन्दै अटोग्राफ माग्दै थिए । छोटो समयको लागि पुगेका हर्ष ५० मिनेट बसेर त्यहाँबाट निक्लिए ।

आफूले ५० मिनेटभन्दा बढी समय दिन नसकेकोमा उनले माफी पनि मागे । तस्बिर खिचाउँदा र अङ्कमाल गर्दा पनि युवतीहरूलाई राणेले हात नलगाएको भन्दै फ्यानले उनको प्रशंसा गरेका छन् ।

राणे भारतमा खासै चलेका कलाकार होइनन् । २०१६ मा रिलिज भएको चलचित्र ‘सनम तेरी कसम’ बाट उनले बलिउडमा इन्ट्री गरेका थिए । सो चलचित्रमा उनको अभिनयमा प्रशंसा भएपछि राणेको खासै ठूलो चर्चा भएन । एक किसिमले भन्नुपर्दा उनी बलिउडमा ओझेलमा परेका नायक हुन् ।

Comments

2 responses to “त्रिसरामा राणेसँग फोटो खिच्न हानथाप, युवतीहरूको रुवाबासी !”

  1. bharat kumar Thapa Avatar

    राम राम कति मरिहत्ते गरेका

  2. महेश अर्याल Avatar
    महेश अर्याल

    थुक्क पछि लागेर गए भै हाल्यो नि के को तमासा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *