एकदिन भए पनि अर्थ मन्त्रालय फर्किने जनार्दनको चाहनामा देउवा-प्रचण्ड सहमत, आजै होला सपथ ?

काठमाडौं । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा फर्काइने भएको छ ।

शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री शेरहवादुर देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्माको कमब्याक निश्चित भएको हो ।

संसदीय विशेष छानबिन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टरसमेत छाडेका छैनन् ।

राजीनामापछि पनि अर्थमन्त्री नियुक्त नगरी प्रधानमन्त्री स्वयंले राख्नुको कारण पनि उनैलाई फर्काउने पूर्व समझदारीअनुरुप नै रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री शर्मालाई विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवाले रुचाएका कारण उनी फर्किने पहिले नै तय थियो ।

माओवादी स्थायी कमिटी बैठकबाट जनार्दनलाई पुनः अर्थमन्त्री बनाउने निर्णय हुने बताइएको छ । सोही निर्णयका आधारमा प्रचण्डले प्रधानमन्त्रीलाई नाम दिएपछि सपथग्रहण हुनेछ । राष्ट्रपति कार्यालयले भने सपथग्रहणको खबर नआएको जनाएको छ ।

याे पनि पढ्नुस् : अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी- प्रतिष्ठाको वहाना, बालुवाटारको चाहना

Comments

3 responses to “एकदिन भए पनि अर्थ मन्त्रालय फर्किने जनार्दनको चाहनामा देउवा-प्रचण्ड सहमत, आजै होला सपथ ?”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    मिलेर खानुस् यो तपाईंहरूको बाउ बाजेले आर्जे रहेछ हामी निरीह जनता ।

  2. gaurav Avatar

    मिलेर खाओ सोसकी हरु नेपाली जनतालाई मारेर कतिजेल सम्म आफ्नो बाउको बिर्ता ओगटेर बस्छौ सोसकी हो नेपाली जनताको आँसु लागेर मोर्नी बेला घिटी घिटी मोर्छौ पातकी हो

  3. Mahesh Kumar thapa Avatar
    Mahesh Kumar thapa

    सबै नेता एकै परिवार का सदस्य रहेछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *