अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् ।

उनी आज अपरान्ह नयाँदिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुको भ्रमण नियमित रहेको अमेरिकी दूतावासले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *