काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा कुल ५ अर्बभन्दा बढी रकम खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण प्रस्तुत भएको हो ।
आयोगका अनुसार आयोगलाई निर्वाच्नका निम्ति ८ अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो ।
त्यसमध्ये ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७० रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।
बचत भएको ३ हअर्ब ६ लाख ८६ हजार १२४ रुपैयाँ सरकारलाई फिर्ता गरिएको उनले जानकारी दिए ।
कुल खर्चमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करखेड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ ।
यस्तै, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका ७५३ पाकिलामा रहेका कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयहरुबाट ४१ करोड ३३ लाख ७ हजार १२० रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए ।
गृह मन्त्रालयबाट मतपेटिका ढुवानीमा ४ करोड ५० लाख तथा सञ्चार मन्त्रालयबाट मिडिया अनुगमन लगायतका कार्यमा १ करोड ४५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
निर्वाचनमा भएका कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट र बाँकी विकेन्द्रितरुपमा भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

Leave a Reply