आयोगको आधिकारिक विवरण सार्वजनिक- लोकप्रिय मतमा कांग्रेसलाई एमालेले उछिन्यो (सूचीसहित)

काठमाडौं । राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनको मत विश्लेषण आ आफ्नै ढंगले गरेर लोकप्रिय मत दाबी गरिरहेका बेला निर्वाचन आयोगले आधिकारिक विवरण सार्वजनिक गरेको छ ।

आयोगले मंगलवार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरण सार्वजनिक गरेको हो ।

३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो बनेको नेपाली कांग्रेस समग्र मतमा भने एमालेभन्दा पछि परेको आयोगले जनाएको छ ।

कांग्रेसले अध्यक्ष र प्रमुख पदमा प्राप्त गरेको मतभन्दा एमाले करिब एक लाख मतले अगाडि रहेको छ । वडाध्यक्षतर्फको मतमा भने नेपाली काँग्रेसले अग्रता पाएको छ ।

वडाध्यक्षतर्फ कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ १ मत पाउँदा नेकपा एमालेले ३८ लाख ११ हजार ६ सय २ मत पाएको छ । तेस्रो स्थानमा नेकपा  माओवादी केन्द्रले १५ लाख ३ हजार २ सय ४७ मत पाएको छ ।

जसपा ५ लाख ५७ हजार ६६२ मतसहित चौथो स्थानमा रहेको छ भने नेकपा एसले ४ लाख ५८ हजार ४६० मत पाएर पाँचौँ स्थानमा रहेको आयोगले जनाएको छ ।

Comments

2 responses to “आयोगको आधिकारिक विवरण सार्वजनिक- लोकप्रिय मतमा कांग्रेसलाई एमालेले उछिन्यो (सूचीसहित)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    मैले नबुझेको एउटै पत्रिकामा वा अनलाइन मा फरकफरक के हो ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    बुझेबुझे

Leave a Reply

Your email address will not be published. Required fields are marked *