जनार्दनमाथि छानबिन : समिति बैठकमा खोलियो सीसीटीभी हार्डडिस्कको रिपोर्ट

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको सिंहदरबारमा सुरू भएको छ । भर्खरै सुरू भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रहरीबाट हिजो प्राप्त भएको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन थालिएको छ । भर्खरै हेरेर छलफल भइरहेको भन्दै उनले रिपोर्टबारे थप खुलाउन चाहेनन् ।

सिलबन्दी रिपोर्ट लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्ने खुलिसकेको छैन ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि फरेन्सिक जाँचका लागि प्रहरीको ल्याबमा पठाएको थियो ।

समितिको म्याद सुरूको १० दिनबाट गत बिहीबार पुन: ७ दिन थपिएको छ । यद्यपि समितिले ठोस प्रमाण भने भेटिसकेको छैन । केही दिनअघि सिंहदरबार छिर्ने गेटको समेत सीसीटीभी फुटेज मागिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *