काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्रको अवस्थाबारे चासो लिएकी छन् । उनले आइतबार चारजना अर्थशास्त्रीसँग शितलनिवासमा देशको अर्थतन्त्रबारे चासो व्यक्त गरेकी हुन् ।
पूर्वगर्भनरत्रय डा. चीरञ्जीवी नेपाल, दीपेन्द्रबहादुर क्षेत्री र पूर्वअर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा तथा अर्थशास्त्री विश्वम्भर प्याकुरेलसँग राष्ट्रपति भण्डारीले भेटेकी थिइन् । उनीहरु दिउँसो २ बजे शितल निवास पुगेका थिए ।
छोटो कुराकानी होला भनेर पुगेका अर्थशास्त्रीलाई राष्ट्रपति भण्डारीले ४ घण्टा राखेर देशको अर्थतन्त्र के भएको हो भन्ने विषय खोतलेकी थिइन् । व्यापार घाटा बढ्दा देशको अर्थतन्त्रमा कस्तो असर पर्छ भनेर उनले जिज्ञासा राखेको पूर्वगर्भनर क्षेत्रीले बताए ।
राष्ट्रपतिले समाधानको उपायबारे पनि अर्थशास्त्रीसँग बुझेकी थिइन् । पछिल्लो समय देशको अर्थतन्त्रलाई लिएर व्यापक टीकाटिप्पणी भइरहेको छ । अर्थतन्त्र दबाबमा परेको सम्बन्धित निकायहरुले नै स्वीकारिसकेको अवस्थामा राष्ट्रपतिले पनि देशको अर्थतन्त्रबारे चासो लिएकी हुन् ।

Leave a Reply