‘नो पार्किङ’ मा राखिएको मन्त्रीको गाडी ट्राफिक कारबाहीमा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको गाडी ट्राफिक कारबाहीमा परेको छ ।

ललितपुरको जावलाखेलस्थित पार्किङ निषेधित क्षेत्रमा रोकिरहेको पाइएपछि एक हजार जरिबाना गरेको ट्राफिक महाशाखा प्रवक्ता बालनरसिंह राणाले जानकारी दिए ।

‘सार्वजनिक स्थानमा रोकेर बाधा व्यवधान गरेकाले कारबाही गरिएको हो । मन्त्री ज्यूकै गाडी रहेछ भन्नेबारे मिडियामा आएपछि मात्र थाहा पाएका हौँ’, प्रवक्ता राणाले भने । बा. २२ च २४८३ नम्बरको निजी गाडीमा मन्त्री राई भने थिएनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *