महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ५८ खेलाडी

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले साफ च्याम्पियनसिपका लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा डाकेका छन् ।

भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने साफका लागि प्रशिक्षक थापाले प्रारम्भिक चरणमा ५८ खेलाडी छनोट गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापालाई गत शुक्रवार महिला टिमको मुख्य प्रशिक्षक घोषणा गरेको थियो ।

बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ ।

प्रारम्भिक टिम:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उसा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किसान

डिफेन्डर: अम्रिता जैसी, गीता राना, पुनम गर्जा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला बिक, सिर्जना सिंह, निशा ठोकर, सलोनि राना मगर, सिर्जना चेमजोङ, समीक्षा घिमिरे, कुस्मा राई, गंगा गुरुङ, मोनिका कुस्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेबिका पाण्डे, मोनिका पुलामी मगर

मिडफिल्डरः सुनकला राई, रेनुका नगरकोटी, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दिपा राई, इन्दिरा राई, मन्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, विर्सना चौधरी, सरस्वती आयर, सुमित्रा सिंह पाख्रिन, दिपा न्याैपाने, सिर्जना खड्का, सन्जु कुमाल

फरवार्ड: साबित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला बिक, सविता राना मगर, रश्मि कुमारी घिसिङ, रजनी ठोकर, चन्द्रा भण्डारी, अमिसा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *