हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्र्तगत मतदान कार्य सम्पन्न भएको छ ।
शनिबार राती ९ बजेसम्म जारी रहेको मतदानमा १ हजार ३ सय ९७ जनाले मतदान गरेको मतदान अधिकृत प्रविण हुमागाईले बताए ।
१६ सय ८७ कुल मतदातामा १३ सय ९७ जना मात्र मतदान प्रक्रियामा भाग लिएको उनको भनाई रहेको छ । बिहान १० बजेबाट सुरु हुने भनिएपनि ४ घण्टा ढिलो गरि सुरु भएको मतदान प्रक्रिया सकिएसँगै आजै राती १० बजेबाट मतगणना हुने उनको भनाई रहेको छ ।
मतगणना अन्र्तगत पहिलो चरणमा पदाधिकारीको गणना हुने हुमागाईले बताए । अध्यक्षदेखि सदस्यसम्म दुई प्यानलमा विभाजित भएका छन् । खुल्ला रुपमा उम्मेदवारी दिनेहरु पनि छन् ।
१२१ पदको लागि २०७ जनाले उम्मेदवारी दिएका थिए । युनियनको अध्यक्षमा नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट शिव लम्सालको प्यानल चुनावी मैदानमा छ । यसैगरी अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन् ।

Leave a Reply