पुष्पलाललाई श्रद्धाञ्जली: बेग्लाबेग्लै कार्यक्रममा ओली र नेपाल

काठमाडौं । नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवस आज मनाइदै छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुष्पलालको शालिकमा माल्यार्पण गर्न डल्लु पुगेका छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकीर्तिपुरको चम्पादेवी पुगेका छन् ।

दुवै नेताले पुष्पलालको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिएका थिए । ओलीसँगै माल्यार्पण गर्न नेताहरु बिष्णु पौडेल, बिष्णु रिमाल, भानुभक्त ढकाल , उपमेयर सुनिता डंगोल, ईश्वर पोख्रेल , कृष्णगोपाल श्रेष्ठ लगायत अन्य जनप्रतिनिधिहरु पुगेका थिए ।

माधव नेपालसँगै शहरी विकास मन्त्री मेटमणी चौधरीलगायतका नेताहरु पुगेका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *