वृद्धभत्ताबारे ओलीको प्रश्नः उमेर घटाउनुका पछाडि कुनै लजिक छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता दिने उमेर घटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । उनले चुनावलाई लक्ष्यित गरेर सरकारले हचुवा निर्णय लिएको आशय व्यक्त गरे ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित गोष्ठीलाई सम्बाेधन गर्दै ओलीले भने, ‘सामाजिक सुरक्षाको अवधारणा एमालेले अघि सायाे । तर, अहिले ७० बाट ६८ बनाउनुका पछाडि केही लजिक छ ? चुनाव आउँदैछ भन्ने बाहेक ?’ ओलीले यसबारे धेरै व्याख्या गरेनन् । उनले कल्याणकारी राज्यमा सामाजिक सुरक्षा आवश्यक भने रहेको बताए ।

उनले भने, ‘हामीले सामाजिक सुरक्षामा न्यूनतम ध्यान दिनैपर्छ । हामी निर्मम पूँजिवादी राष्ट्र हुन सक्दैनौं । मानवता अंगालेको न्यायोचित विकासोन्मुख अर्थतन्त्र हो हाम्रो पछाडि परेको समूदायलाई अगाडि ल्याउनुपर्छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षामा भइरहेको राजनीतिले देशको अर्थतन्त्रलाई अप्ठेरोमा पुर्याउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *