पर्सा । सशस्त्र प्रहरीले पर्साको ठोरी गाँउपालिका-२ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाएर ल्याएको एक जनाको सकुशल उद्धार गरेको छ ।
बिहीबार ढेडु खोलाले ३५ वर्षीयएक पुरुषलाई बगाएर ल्याउँदै गरेको अवस्थामा सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरीले उद्धार गरेको पुरुषको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य
चौकी ठोरीमा बुझाएको छ ।
उनको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागितत्कालै टोलीले खटिएको थियो ।

Leave a Reply