भारतीय नवनिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले भारतको राष्ट्रपतिमा निर्वाचित भएलगर्त बिहीबार राति ट्वीट गर्दै मुर्मूलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले लेखेकी छन्,‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु ।’ उनले मुर्मूंको कार्यकालमा दुई देश बीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा पूर्ण विश्‍वास व्यक्त गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतीय राष्ट्रपति मुर्मूलाई बधाई दिएका छन् । ‘नेपाल सरकार र जनताको तर्फबाट, म द्रौपदी मुर्मुलाई भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाई दिन चाहन्छु।’ प्रधानमन्त्री देउवाको ट्वीटमा उल्लेख छ । प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाइहरू लिने विश्वास व्यक्त गरेका छन् ।

आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू भारतको १५औं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *