तलब नदिएको भन्दै जनता टिभीको गेट अगाडि पत्रकार र कर्मचारीको धर्ना

काठमाडौं । जनता टेलिभिजनमा पूर्वकार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् ।

उनीहरुले आज टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ ।

जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन ।

प्रारम्भिक चरणको आन्दोलनमा कार्यालयमा धर्ना दिने, अझै पारिश्रमिक नआए सञ्चालक सदस्यहरूको घरमै पुगेर धर्ना दिने र त्यसपछि पनि अटेर गरे सबैको तस्वीरको पोस्टर बनाएर सञ्चालक समितिको छिमेक वरपर बाँड्ने कार्यक्रम रहेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।

जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेलले साउन ९ गते सबैको बक्यौता रकम भुक्तानी गर्ने बताएको उनीहरुले जनाएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *