काठमाडौं । प्रदेश १ को नामाकरणको विषय पेचिलो बनिरहँदा पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै माइतीघरमा दबाबमूलक कार्यक्रम गरिएको छ ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिको आयोजनामा ‘लिम्बुवान, किरात’ नामको मागसहित संघीय राजधानी काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले ‘पहिचानविना प्रदेश मान्दैनौं’, ‘लिम्बुवान, किरात प्रदेश घोषणा गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
दलहरू आ-आफ्नै अडानमा हुँदा प्रदेश १ अहिलेसम्म बेनामे बनेको छ ।

तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply