३ घण्टा बयान दिएर निस्किएका जनार्दनले भने- सोधेका सबै प्रश्नको जवाफ दिएँ (भिडिओ)

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले आज शर्मासँग बयान लिएको छ । बयान झण्डै ३ घण्टासम्म चलेको थियो ।

बाहिरिने क्रममा उनले सोधेका प्रश्नको उत्तर दिएको पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’

समितिसमक्ष बयान दिँदै उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दाबी गरे ।

उनले भने,‘त्यहाँ को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । सुरक्षाकर्मीहरू हुन्छन् अरु मर्यादापलकहरू हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भए थाहा भइहाल्थ्यो ।’

सिसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने उनले बताए । उनले भने, ‘भिडिओ कहिलेसम्म रहन्छ के हुन्छ त्योबारे मलाई केहि जानकारी थिएन ।’

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति घुसपैठ गरेर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिनका लागि समिति बनाइएको थियो । शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । समितिले अहिले बजेट निर्माणसँग सम्बद्ध सरोकारवालासँग बयान लिने क्रममा आज शर्मासँग बयान पनि बयान लिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *