काठमाडौं । सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ ।
सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित निर्देशिकाको मस्यौदा तयार भएको हो ।
मिडिया एडभोकेसी गु्रप (म्याग), सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालले संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको हो ।
म्यागका निर्देशक बबिता बस्नेतले उक्त मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गरे ।
मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने अध्यक्ष बस्नेतले जानकारी दिए ।
यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महसङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, मिडिया एड्भोकेसी गु्रपका अध्यक्ष अनिता बिन्दु र निर्देशक बबिता बस्नेत रहेको निर्देशिका मस्यौदा समिति गठन भएको भयो ।

Leave a Reply