रुपन्देही । रुपन्देहीको भैरहवास्थित नयाँ सडकमा बुधबार माइक्रो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रोबस दुर्घटना हुँदा चालक, सहचालक र तीन यात्रु घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भैरहवास्थित बसपार्कबाट बुटवल हिँडेको उक्त बस सिद्धार्थनगर- ७ भाटभटेनी अगाडि दुर्घटना भएको हो । बस उत्तानो परेर पल्टिएको थियो ।
सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा बस ६ लेन सडकको डिभाइडरमाथि पुगेको छ । घाइतेलाई उपचार गर्न प्रहरीले भीम अस्पताल पुर्याएको छ ।

Leave a Reply