काठमाडौं । चीनमा सन् २०२२ मा हुने तय भएको एसियन गेम्सको नयाँ मिति सार्वजनिक भएको छ ।
बढ्दो कोरोना भाइरस माहामारीका कारण स्थगित एसियन गेम्स अब सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।
यसअघि एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो ।
मंगलबार ओेलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले एसियन गेम्सको नयाँ मिति सार्वजनिक गरेको हो ।

Leave a Reply