काठमाडौं । किराँत एकेडेमीले डा. विप्लव ढकालद्वारा लिखित ‘भोजपुरको वाङ्मय’ र राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’लाई संयुक्तरूपमा किरात एकेडेमी कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
किराँत एकेडेमी पुरस्कारका लागि गठित छनोट समितिको सिफारिसका आधारमा एकेडेमीले यस्तो निर्णय गरेको हो ।
पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट ७ ओटा कृति सूचीकृत गरिएकामा ती कृतिमध्ये यस पटक डा. विप्लव ढकालद्वारा लिखित ‘भोजपुरको वाङ्मय’ (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ (इतिहास) लाई संयुक्तरूपमा पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
यसअघि प्रथम पटक युग पाठकको ‘उर्गेनको घोडा’ (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ (इतिहास अनुसन्धान)लाई प्रदान गरिएको हो । पुरस्कारको राशि पचास हजार रहेको छ । पुरस्कार चाँडै राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने एकेडेमीले जनाएको छ ।

Leave a Reply